ne_jhn_text_reg/03/01.txt

1 line
738 B
Plaintext

\c 3 \v 1 अब त्यहाँ निकोदेमस नाउँ गरेका एक जना यहूदी अगुवा थिए । \v 2 यी मानिस राति येशूकहाँ आए, र उहाँलाई भने, “रब्बी, हामी जान्दछौं, कि तपाईं परमेश्‍वरबाट आउनुभएका एक जना शिक्षक हुनुहुन्छ, किनकि तपाईंले गर्नुभएका यी चिन्‍हहरू कसैले पनि गर्न सक्दैन जबसम्म परमेश्‍वर त्यससँग हुनुहुन्‍न ।”