\v 5 तर अहिले म मलाई पठाउनुहुनेकहाँ जान्छु, तर पनि तिमीहरू कसैले पनि ‘तपाईं कहाँ जाँदै हुनुहन्छ?’ भनी मलाई सोध्दैनौ । \v 6 तर मैले तिमीहरूलाई यी कुराहरू भनेको कारण, तिमीहरूको हृदय निराशाले भरिएको छ । \v 7 तर म तिमीहरूलाई साँच्चै भन्दछु, म जानु नै तिमीहरूको निम्ति असल छ । किनकि म गइनँ भने सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन, तर यदि म गएँ भने, म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु ।