1 line
1.3 KiB
Plaintext
1 line
1.3 KiB
Plaintext
\v 35 तब तिनले तिनीहरूलाई भने, “इस्राएलका मानिसहरू हो, तपाईंहरूले यी मानिसहरूलाई जे गर्नलाई प्रस्ताव गर्नुभएको छ, त्यसमा राम्ररी ध्यान दिनुहोस् । \v 36 किनकि केही समयअगि, थूदास केही हुँ भन्ने दाबी गर्दै खडा भयो, र झण्डै चार सय जना मानिस त्योसँगै लागे । त्यो मारियो र त्यसका आज्ञा पालन गर्नेहरू सबै तितरबितर भए र त्यो सब व्यर्थ भयो । \v 37 त्यो मानिसपछि जनगणनाको समयमा गालीलको यहूदा खडा भयो र कतिपय मानिसहरूलाई आफ्नो पछि खिँच्यो । त्यो पनि नष्ट भयो र त्यसका आज्ञा पालन गर्दै आइरहेकाहरू सबै तितरबितर भए । |