1 line
1.1 KiB
Plaintext
1 line
1.1 KiB
Plaintext
\v 33 जब बिहानको हुनै लागेको थियो, पावलले ती सबैलाई खाना खान बिन्ती गरे । उनले भने, “तपाईंहरूले खाना नखाई पर्खिएको आज यो चौधौँ दिन हो, तपाईंहरूले केही पनि खानु भएको छैन । \v 34 त्यसैले तपाईंहरूले केही खानुहोस् किनकि यो तपाईंहरूलाई बाँच्नको लागि हो र तपाईंहरूको टाउकोको एउटै रौँ पनि नष्ट हुन पाउने छैन ।” \v 35 त्यति भनिसकेपछि, उनले रोटी लिए र सबैको सामु परमेश्वरलाई धन्यवाद दिए । त्यसपछि उनले त्यो रोटी भाँचे अनि खान सुरु गरे । |