ne_act_text_ulb/14/11.txt

1 line
1017 B
Plaintext

\v 11 जब भीडले पावलले गरेका काम देखे, तब तिनीहरूले आफ्ना स्वर उच्‍चालेर यसो भन्दै लुकोनियाको भाषामा कराए, “देवहरू मानिसहरूका रूपमा हामीकहाँ तल ओर्लिआएका छन् ।” \v 12 तिनीहरूले बारनाबासलाई “जिउस,” र पावललाई “हर्मेस” भने, किनभने तिनी चाहिं प्रमुख वक्ता थिए । \v 13 जिउसका पूजाहारी, जसको मन्दिर सहरको बाहिरपट्टि थियो, उनले ढोकामा गोरुहरू र फूलका मालाहरू ल्याए; र उनले र भीडले बलिदान चढाउन चाहन्थे ।