1 line
1.3 KiB
Plaintext
1 line
1.3 KiB
Plaintext
\v 12 तिनीहरूले मानिसहरू, धर्म-गुरुहरू, र शास्त्रीहरूलाई उक्साए, अनि स्तिफनससित मुकाबला गरे र तिनलाई पक्रे र परिषद्को सामु ल्याए । \v 13 तिनीहरूले झूटा साक्षीहरू पेस गरे जसले भने, “यो मानिसले यस पवित्रस्थान र व्यवस्थाको विरुद्धमा बोल्न छाड्दैन । \v 14 किनकि नासरतको यो येशूले यस स्थानलाई नष्ट पार्नेछ र मोशाले हामीलाई सुम्पेका चलनहरूलाई बद्लनेछ भनी त्यसले बोलेको हामीले सुनेका छौं ।” \v 15 परिषद्मा जम्मा भएका हरेकले आफ्नो आँखा तिनमा केन्द्रित गरे र तिनको मोहोडा स्वर्गदूतको मोहोडा झैं देखे । |