1 line
1.1 KiB
Plaintext
1 line
1.1 KiB
Plaintext
\v 1 खैलाबैला सकिएपछि, पावलले चेलाहरूलाई बोलाए र तिनीहरूलाई उत्साह दिए । तब तिनीहरूबाट बिदा भएर उनी माकेडोनिया जानका लागि हिँडे । \v 2 उनी ती क्षेत्रहरू भएर जाँदा त्यहाँका विश्वासीहरूलाई धेरै उत्साह दिँदै गए, त्यसपछि उनी ग्रीसतर्फ लागे । \v 3 उनले त्यहाँ तिन महिना बिताइसकेपछि जब उनी जहाजद्वारा यात्रा गरेर सिरियातर्फ लाग्ने तरखर गर्दै थिए, तब यहूदीहरूले उनको विरुद्धमा एउटा षडयन्त्र रचे । त्यसैले उनी माकेडोनिया भएर फर्किने निर्णय गरे । |