1 line
1.0 KiB
Plaintext
1 line
1.0 KiB
Plaintext
\v 19 रातको समयमा परमप्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलिदिए र तिनीहरूलाई बाहिर लगे, र भने, \v 20 “जाओ र त्यस मन्दिरमा खडा होओ र यस जीवनका सबै वचनहरू मानिसहरूलाई बताओ ।” \v 21 जब तिनीहरूले यो कुरा सुने तब तिनीहरू सबेरै मन्दिरभित्र प्रवेश गरे र शिक्षा दिए । तर प्रधान पूजाहारी र तिनीसँग भएकाहरू आए, र परिषद्लाई इस्राएलका मानिसहरूका धर्म-गुरुहरूसँगै बोलाए, र प्रेरितहरूलाई ल्याउन झ्यालखानामा पठाए । |