ne_act_text_ulb/13/26.txt

1 line
834 B
Plaintext

\v 26 "भाइहरू, अब्राहामका वंशका सन्तानहरू, र तपाईंहरूमध्ये जसले परमेश्‍वरको भय मान्‍नुहुन्छ, यो मुक्तिबारेको सन्देश हामीहरूलाई नै पठाइएको छ । \v 27 किनकि यरूशलेममा बस्‍नेहरू, र तिनीहरूका शासकहरूले उहाँलाई चिनेनन्, र तिनीहरूले यसरी उहाँलाई दण्डको आज्ञा दिएर अगमवक्‍ताको वचनहरू पूरा गरे जुन हरेक विश्रामको दिनमा पढिन्छ ।