ne_act_text_ulb/13/13.txt

1 line
1.2 KiB
Plaintext

\v 13 अब पावल र तिनका साथीहरू पाफोसबाट जहाजमा चढी पाम्फिलियाको पर्गामा आए । तर यूहन्‍नाले तिनीहरूलाई छोडेर यरूशलेमतिर फर्के । \v 14 पावल र तिनका साथीहरू पर्गाबाट यात्रा गर्दै पिसिदियाको एन्टीओखियामा आइपुगे। त्यहाँ तिनीहरू विश्रामको दिनमा सभाघरमा गए र बसे । \v 15 व्यवस्था र अगमवक्‍ताहरूका पुस्तक पढिसकेपछि सभाघरका अगुवाहरूले तिनीहरूलाई यसो भन्दै सन्देश पठाए, “भाइहरू हो, यदि तपाईंहरूसँग यहाँ भएका मानिसहरूको निम्ति कुनै उत्साहको सन्देश छ भने भन्‍नुहोस् ।”