ne_act_text_ulb/01/12.txt

1 line
1.1 KiB
Plaintext

\v 12 त्यसपछि तिनीहरू यरूशलेम नजिकै पर्ने जैतून डाँडाबाट यरूशलेमतिर फर्के, जुन एक विश्रामको दिनको यात्रा जति टाढा थियो । \v 13 जब तिनीहरू आइपुगे, तब तिनीहरू आफू बसिरहेको माथिल्लो कोठामा गए । तिनीहरू पत्रुस, यूहन्‍ना, याकूब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती, अल्फयसका छोरा याकूब, उग्रवादी सिमोन र याकूबका छोरा यहूदा थिए । \v 14 तिनीहरू सबै, अन्य महिलाहरू, र येशूकी आमा मरियम, र उहाँका भाइहरूसहित एकै मनको भएर समर्पित भई प्रार्थनामा लागिरहन्थे ।