1 line
1.1 KiB
Plaintext
1 line
1.1 KiB
Plaintext
\v 14 थिआटिरा सहरकी, वैजनी रङको वस्त्रको व्यापारी, परमेश्वरको आराधना गर्ने, लिडिया नाउँ गरेकी एउटी स्त्रीले हाम्रो कुरा सुनिन् । पावलले भनेका कुरा तिनले ध्यानपूर्वक सुनून् भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो । \v 15 तिनी र तिनका घरानाले बप्तिस्मा लिएपछि, तिनले हामीलाई यसो भन्दै आग्रह गरिन्, “यदि तपाईंहरूले मलाई प्रभुप्रति विश्वासयोग्य ठान्नुहुन्छ भने मेरो घरमा आएर बस्नुहोस् ।” र तिनले हामीलाई मनाइन् । |