1 line
1.1 KiB
Plaintext
1 line
1.1 KiB
Plaintext
\v 11 त्यसकारण हामी त्रोआसबाट जहाजमा चढेर सोझै सामोथ्रेकको बाटो लाग्यौं, र अर्को दिन हामी नियापोलिस पुग्यौं । \v 12 त्यहाँबाट फिलिप्पी गयौं, जुनचाहिं माकेडोनियाको एउटा सहर, जिल्लाको एकदमै महत्त्वपूर्ण सहर र रोमी उपनिवेश हो, र हामी त्यस सहरमा केही दिन बस्यौं । \v 13 विश्राम दिनमा हामी सहरको ढोकाबाट बाहिर नदी किनारमा पुग्यौं जहाँ प्रार्थना गर्ने ठाउँ होला भन्ने हामीले ठान्यौं । हामी बस्यौं र जम्मा भएका स्त्रीहरूसँग कुरा गर्यौं । |