1 line
1.5 KiB
Plaintext
1 line
1.5 KiB
Plaintext
\v 13 अब केही दिनपछि राजा अग्रिपा र बर्निकी कैसरियामा फेस्तसलाई कामकाजी भेटघाट गर्न आइपुगे । \v 14 तिनीहरू त्यहाँ धेरै दिनसम्म बसेपछि, फेस्तसले पावलको मुद्दा राजाका अघि प्रस्तुत गरे; तिनले भने, “फेलिक्सले एक जना मानिसलाई कैदीको रूपमा छोडेका थिए । \v 15 जब म यरूशलेममा थिएँ, मुख्य पूजाहारी र यहूदीहरूका धर्म-गुरुहरूले यो मानिसको विरुद्ध मकहाँ आरोपहरू लगाए, र तिनीहरूले उसको विरुद्ध दण्डको लागि अनुरोध गरे । \v 16 मैले तिनीहरूलाई जवाफ दिएँ, कि आरोप लगाइएको मानिसले त्यसलाई आरोप लगाउनेहरूको सामना नगरेसम्म र आफूमाथिका आरोपहरू विरुद्ध आफैंलाई बचाउ गर्ने मौका नदिएसम्म कसैलाई सुम्पने रोमीहरूको प्रचलन छैन । |