ne_act_text_ulb/18/04.txt

1 line
1.1 KiB
Plaintext

\v 4 त्यसैले पावलले हरेक विश्रामको दिनमा सभाघरमा गएर ग्रीक र यहूदी दुवैलाई मनाउने प्रयास गर्दै बहस गरे । \v 5 जब सिलास र तिमोथी माकेडोनियाबाट तल आए, पावलले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा यहूदीहरूलाई बताउँदै, आफैंलाई वचनप्रति समर्पित गरे । \v 6 तर जब यहूदीहरूले पावलको विरोध गरे र तिनको अपमान गरे, तब पावलले आफ्नो कपडा टकटक्याए र तिनीहरूलाई भने, “तिमीहरूको रगत तिमीहरूकै शिरमाथि परोस्; म निर्दोष छु । अबदेखि म गैरयहूदीहरूकहाँ जानेछु ।”