ne_act_text_ulb/14/11.txt

1 line
1.0 KiB
Plaintext

\v 11 जब भिडले पावलले गरेका काम देखे, तब तिनीहरूले आफ्ना स्वर उच्‍चालेर कराउँदै लुकोनियाको भाषामा भने, “देवहरू मानिसहरूका रूपमा हामीकहाँ तल ओर्ली आएछन् ।” \v 12 तिनीहरूले बारनाबासलाई “जिउस,” र पावललाई “हर्मेस” भने किनकि उनी चाहिँ प्रमुख वक्ता थिए । \v 13 जिउसका पूजाहारी, जसको मन्दिर सहरको बाहिरपट्टि थियो, उनले र भिडले ढोकामा गोरुहरू र फूलका मालाहरू ल्याए, किनभने तिनीहरूले बलिदान चढाउन चाहन्थे ।