ne_act_text_ulb/08/20.txt

1 line
1.0 KiB
Plaintext

\v 20 तर पत्रुसले भने, “तेरो रूपैयाँ-पैसा तैँसित नष्‍ट होस् किनकि तैँले परमेश्‍वरको वरदानलाई रूपैयाँ-पैसाले प्राप्‍त गर्न सकिँदोरहेछ भनी ठानिस् । \v 21 यस विषयमा तेरो कुनै हिस्सा वा भाग छैन किनकि तिम्रो हृदय परमेश्‍वरसित ठिक छैन । \v 22 त्यसकारण, तेरो दुष्‍टताको लागि पश्‍चात्ताप गरी प्रभुलाई प्रार्थना चढा, कतै उहाँले तँलाई क्षमा गरिदिनुहुन्छ कि । \v 23 किनभने म देख्दछु कि तँ तिक्ताको विष र पापको बन्धनमा छस् ।”