1 line
1.9 KiB
Plaintext
1 line
1.9 KiB
Plaintext
\v 17 मिलेटसबाट उनले एफिससमा मानिसहरूलाई पठाए अनि मण्डलीका एल्डरहरूलाई आफूकहाँ बोलाए । \v 18 तिनीहरू उनीकहाँ आएपछि, उनले तिनीहरूलाई भने, “तपाईंहरू आफैँ जान्नुहुन्छ कि एसियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले सधैँ तपाईंहरूसँग आफ्नो समय कसरी बिताएँ । \v 19 यहूदीहरूका षड्यन्त्रहरूका बिचमा मैले मनको सारा नम्रतामा, आँशु बगाउँदै र कष्टहरूमा समेत प्रभुको सेवा गरिरहेँ । \v 20 कुनै पनि भलाइको कुरा तपाईंहरूको बिचमा घोषणा गर्नदेखि मैले आफैँलाई रोकिनँ अनि सार्वजनिक रूपमा र घर-घरमा गएर मैले कसरी तपाईंहरूलाई शिक्षा दिएँ भन्ने कुरा तपाईंहरूलाई थाहै छ । \v 21 तपाईंहरूलाई थाहै छ कि मैले कसरी यहूदी र ग्रीकहरू दुवैलाई परमेश्वरतिर फर्कन पश्चात्ताप गर्नुपर्ने र हाम्रा प्रभु येशूमा विश्वास गर्नुपर्ने कुराको बारेमा चेताउनी दिइरहेँ । |