ne_act_text_ulb/17/05.txt

1 line
1.4 KiB
Plaintext

\v 5 तर अविश्‍वासी यहूदीहरू ईर्ष्याले भरिए र बजारका चोकबाट केही दुष्‍ट मानिसहरूलाई जम्मा गरे र ठुलो भिड बनाएर सहरमा होहल्ला मच्‍चाए । तिनीहरूले यासोनको घरमा आक्रमण गरेर पावल र सिलासलाई मानिसहरूका बिचमा बाहिर ल्याउन चाहन्थे । \v 6 तर जब तिनीहरूले पावल र सिलासलाई भेटाएनन्, तब यासोन र केही भाइहरूलाई घिसार्दै सहरका अधिकारीहरूकहाँ ल्याए । तिनीहरूले कराएर भने, “संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन् ।” \v 7 यासोनले स्वागत गरेका यी मानिसहरूले कैसरको आदेश विपरित काम गर्छन् र भन्छन्, “येशू भन्‍ने अर्को एकजना राजा पनि छन् ।”