ne_act_text_ulb/07/22.txt

1 line
1.2 KiB
Plaintext

\v 22 मोशालाई मिश्रका सारा विद्यामा शिक्षा दिइयो र तिनी आफ्ना वचन र कर्ममा शक्तिशाली बने । \v 23 तर जब तिनी करिब चालिस वर्ष पुगे, तिनलाई आफ्ना दाजुहरू अर्थात् इस्राएलीहरूलाई भेट गर्न मन लाग्यो । \v 24 एक जना इस्राएलीमाथि अन्याय भएको देखेर तिनले उसको रक्षा गरे र अत्याचार गर्ने मिश्रीलाई मारिदिए । \v 25 परमेश्‍वरले तिनीद्वारा तिनका दाजुभाइहरूको छुट्कारा गर्न खोज्दै हुनुहुन्थ्यो भन्‍ने कुरा तिनीहरूले बुझ्लान् भनी तिनले सोचे, तर तिनीहरूले त्यो कुरा बुझेनन् ।