ne_act_text_ulb/05/03.txt

1 line
1.4 KiB
Plaintext

\v 3 तर पत्रुसले भने, “हननिया, पवित्र आत्मालाई झुट बोल्न र त्यस जमिनको मूल्यको केही अंश राख्‍नलाई तिम्रो हृदयलाई शैतानले किन भर्‍यो ? \v 4 यसलाई बिक्री नगर्दा पनि के यो तिम्रो आफ्नो थिएन र ? अनि यसलाई बेचिसकेपछि पनि यो तिम्रो आफ्नै नियन्‍त्रणमा नै थिएन र ? तिमीले तिम्रो हृदयमा यस्तो कुरा कसरी सोच्यौ ? तिमीले मानिसहरूलाई होइन तर परमेश्‍वरलाई झुट बोलेका छौ । \v 5 यी कुराहरू सुनेर हननिया भुइँमा लडे र उनको मृत्यु भयो र यो कुरा सुन्‍नेहरू सबैमा ठुलो डर छायो । \v 6 जवान मानिसहरू अगाडि आए र उनलाई कपडाले बेह्रे र तिनीहरूले उनलाई बोकेर बाहिर लगे र गाडे ।