ne_act_text_ulb/25/17.txt

1 line
1.3 KiB
Plaintext

\v 17 यसकारण जब तिनीहरू सँगै यहाँ आए, मैले पर्खिनँ, अर्को दिन म न्याय आसनमा बसेँ र त्यो मानिसलाई भित्र ल्याउने आदेश दिएँ । \v 18 जब अभियोक्ताहरू उठे र अभियोग लगाए, तिनीहरूले ऊसको विरुद्ध लागाएको कुनै पनि आभियोगहरू मलाई गम्भीर लागेन । \v 19 यसको सट्टामा, तिनीहरूको आफ्नै धर्म सम्बन्धी र मरेको कोही येशूको बारे तिनीहरूको विवाद थियो जसलाई पावलले जीवित छन् भनी दावी गर्थ्यो । \v 20 म यो कुरामा कसरी अनुसन्धान गर्ने भनी अन्योलमा परेँ, र यी कुराहरूको बारेमा इन्साफ गरिनको निम्ति ऊ यरूशलेम जान्छ कि भनी मैले उसलाई सोधेँ ।