1 line
1.2 KiB
Plaintext
1 line
1.2 KiB
Plaintext
\v 13 तर हननियाले जवाफ दिए, “प्रभु, यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कति धेरै हानि पुर्याएका छन् भनी यस मानिसको बारेमा मैले धेरै जनाबाट सुनेको छु । \v 14 तपाईंको नाउँ लिने हरेकलाई गिरफ्तार गर्न तिनले मुख्य पूजाहारीहरूबाट अधिकार पाएका छन् ।” \v 15 तर प्रभुले तिनलाई भन्नुभयो, “जाऊ, किनकि गैरयहूदीहरू र राजाहरू र इस्राएलका सन्तानहरूको सामु मेरो नाउँ प्रचार गर्न तिनी छानिएका एक पात्र हुन्; \v 16 किनकि मेरो नाउँको खातिर तिनले कति धेरै दुःख भोग्नुपर्नेछ भनी म तिनलाई देखाउनेछु ।” |