ne_act_text_ulb/28/23.txt

1 line
1006 B
Plaintext

\v 23 जब तिनीहरूले तिनको निम्ति एक दिन तोकिदिए, तब तिनको बासस्थानमा धेरै मानिसहरू आए । तिनले त्यस विषयलाई तिनीहरूको सामु प्रस्तुत गरे, र परमेश्‍वरको राज्यको बारेमा गवाही दिए । तिनले तिनीहरूलाई येशू ख्रीष्‍टको बारेमा मोशाको व्यवस्था र अगमवक्‍ताहरूको पुस्तक दुवैबाट बिहानदेखि बेलुकासम्म विश्‍वस्त पार्ने कोसिस गरे । \v 24 कति जना भनिएको कुरामा विश्‍वस्त भए भने कतिले विश्‍वास गरेनन् ।