ne_act_text_ulb/28/16.txt

1 line
1.4 KiB
Plaintext

\v 16 जब हामी रोममा प्रवेश गर्‍यौं, पावललाई एक जना सिपाहीको रेखदेखमा एक्लै बस्‍ने अनुमति दिइयो । \v 17 तब यसको तीन दिनपछि, पावलले यहूदीहरूका माझ भएका अगुवाहरूलाई एकसाथ बोलाए । जब तिनीहरू एकसाथ आइपुगे तिनले तिनीहरूलाई भने, “भाइहरू हो, यद्यपि मैले मानिसहरूको विरुद्धमा वा पितापुर्खाको रितीरिवाजको विरुद्धमा कुनै पनि गलत काम गरेको छैन, मलाई एक जना कैदीको रूपमा यरूशलेमबाट रोमीहरूको हातमा सुम्पिएको छ । \v 18 तिनीहरूले मलाई प्रश्‍न गरिसकेपछि, तिनीहरूले मलाई स्वतन्‍‍त्र गर्न चाहे, किनभने ममा मृत्युदण्डको सजाय पाउनु पर्ने कुनै पनि कारण थिएन ।