ne_act_text_ulb/27/39.txt

1 line
1.3 KiB
Plaintext

\v 39 जब उज्यालो भयो, तिनीहरूले जमिनलाई चिन्‍न सकेनन्, तर तिनीहरूले समुद्रबाट बलौटे किनारा भएको खाडी देखे, अनि तिनीहरूले जहाजलाई त्यहाँ लैजान सक्छन् कि सक्दैनन् भनी छलफल गरे । \v 40 त्यसैले तिनीहरूले लङ्गरहरू काटेर समुद्रमा नै छोडिदिए । त्यही समयमा तिनीहरूले जहाजमा भएका पतवारको डोरीहरू फुकाइदिए अनि बतासतिर जहाजका पालहरू फर्काए; र त्यसपछि तिनीहरू समुद्र किनारतिर अगि बढे । \v 41 तर जहाज बलौटे धापमा ठोकियो र बजारियो । जहाजको अगाडिको भाग त्यहीं अड्‌कियो र हलचल गर्न सकेन, र छालहरूका झोक्काले जहाजको पछाडिको भाग भाँचियो ।