ne_act_text_ulb/27/33.txt

1 line
1.3 KiB
Plaintext

\v 33 जब उज्‍यालो हुनै लागेको थियो, पावलले तिनीहरू सबैलाई केही खाना खान बिन्ती गरे । तिनले भने, “तपाईंहरूले खाना नखाई निरन्तर अलमल्लमा परेको आज यो चौधौं दिन हो— तपाईंहरूले केही पनि खानुभएको छैन । \v 34 त्यसैले तपाईंहरूले केही खाना खानुहोस् भनी बिन्‍ती गर्छु, किनकि यो तपाईंहरूलाई बाँच्‍नको लागि चहिन्छ । किनकि तपाईंहरूमध्ये कसैको टाउकोको एउटै रौं पनि नष्‍ट हुन पाउनेछैन ।” \v 35 तिनले त्यति भनिसकेपछि, तिनले रोटी लिए र सबैको सामु परमेश्‍वरलाई धन्यवाद दिए । त्यसपछि तिनले त्यो रोटी भाँचे अनि खान सुरु गरे ।