ne_act_text_ulb/27/12.txt

1 line
1.1 KiB
Plaintext

\v 12 किनभने जाडो समयमा यो बन्दरगाहमा समय बिताउन सजिलो थिएन, त्यसैले जहाज चालकहरूमध्ये धेरै जनाले जसरी भएपनि फोनिक्स सहरमा पुगेर जाडो बिताउनको लागि त्यहाँबाट यात्रा गर्न सल्लाह दिए । फोनिक्स क्रेटको एउटा बन्दरगाह हो, जुन उत्तर-पूर्व र दक्षिण-पूर्वपट्टि फर्केको छ । \v 13 जब दक्षिणी बतास मन्द रूपले बहन थाल्यो, तब जहाज चालकहरूले आफूहरूले जे चाहेका थिए त्यो प्राप्‍त गरे भनी सोचे । त्यसैले तिनीहरूले लङ्गर निकाली र क्रेटको किनार हुँदै यात्रा गरे ।