ne_act_text_ulb/27/09.txt

1 line
1.1 KiB
Plaintext

\v 9 अब हामीले धेरै समय लगाएका थियौं, यहूदी उपवासको समय पनि बितिसकेको थियो, र अब समुद्री यात्रा गर्न खतरनाक भएको थियो । त्यसैले पावलले तिनीहरूलाई चेताउनी दिए, \v 10 र भने, “मानिसहरू हो, हामीले सुरु गर्न लागेको समुद्री यात्रामा हाम्रा सामानहरू र जहाज मात्र होइन, तर हाम्रो ज्यानमा समेत चोट र हानि हुनेछ भन्‍ने म देख्छु ।” \v 11 तर कप्‍तानले पावलले बोलेका कुरामा भन्दा जहाजका चालक र जहाजको मालिकको कुरामा बढ्ता ध्यान दिए ।