ne_act_text_ulb/26/27.txt

1 line
1.0 KiB
Plaintext

\v 27 राजा अग्रिपास, के तपाईं अगमवक्‍ताहरूमा विश्‍वास गर्नुहुन्छ? म जान्दछु, कि तपाईंले विश्‍वास गर्नुहुन्छ ।” \v 28 अग्रिपासले पवाललाई भने, “के तिमी छोटो समयमा मलाई फकाएर ख्रीष्‍टियान बनाउन चाहन्छौ?” \v 29 पावलले भने, “चाहे छोटो समयमा होस्, या लामो समयमा होस्, तपाईं मात्र होइन तर आज मेरो कुरा सुन्‍ने जति सबै यी झ्यालखानाका साङ्लाहरूबाहेक अरू कुरामा म जस्तै होऊन् भनी म परमेश्‍वरमा प्रार्थना गर्छु ।”