ne_act_text_ulb/26/22.txt

1 line
934 B
Plaintext

\v 22 परमेश्‍वरले अहिलेसम्म मलाई सहायता गर्नुभएको छ, त्यसैले म खडा भएर साधारण मानिसहरू र ठुला मानिसहरूलाई अगमवक्‍ताहरू र मोशाले जे हुने थियो भनेका थिए ती कुराहरूभन्दा बढी कुनै पनि कुराको गवाही दिन्‍नँ— \v 23 कि ख्रीष्‍टले दु:ख भोग्‍नुपर्छ, र उहाँ मृतकहरूबाट जीवित हुनेहरूमा पहिलो हुनुहुन्छ, र यहूदीहरूसाथै गैरयहूदीहरूमा ज्योतिको घोषणा गर्ने जन हुनुहुनेछ ।"