1 line
1.6 KiB
Plaintext
1 line
1.6 KiB
Plaintext
\v 15 तब मैले भनें, ʻतपाईं को हुनुहुन्छ, प्रभु? ʼ प्रभुले जवाफ दिनुभयो, ʻम येशू हुँ, जसलाई तिमी सताउँछौ । \v 16 अब उठ, र आफ्नो पाउमा खडा होऊ; किनभने तिमीलाई सेवक बनाउने र अहिले तिमीले मेरो बारेमा जानेका कुराहरू र पछि मैले तिमीलाई देखाउने कुराहरूको गवाही बनाउने उद्देश्यले म तिमीकहाँ देखा परें; \v 17 र म तिमीलाई मानिसहरूबाट र गैरयहूदीहरूबाट उद्धार गर्नेछु, जसकहाँ मैले तिमीलाई पठाइरहेको छु, \v 18 तिनीहरूका आँखा खोल्न र तिनीहरूलाई अन्धकारबाट ज्योतिमा फर्काउन र शैतानको शक्तिबाट परमेश्वरमा फर्काउनको लागि, ताकि तिनीहरूले परमेश्वरबाट पापको क्षमा र ममाथिको विश्वासद्वारा शुद्ध पारिएकाहरूले मैले दिने उत्तराधिकार प्राप्त गर्न सकून् । |