ne_act_text_ulb/26/12.txt

1 line
1.1 KiB
Plaintext

\v 12 यसो गर्ने क्रममा मुख्य पूजाहारीहरूबाट अधिकार र आज्ञा पाएर म दमस्कसमा गएँ; \v 13 अनि त्यहाँ बाटोमा, मध्यदिनमा, हे राजा, मैले स्वर्गबाट आएको ज्योति देखें, जुन सूर्यभन्दा पनि चम्किलो थियो, र त्यो म र मसँग यात्रा गर्ने मानिसहरू दुवैका वरिपरि चम्कियो । \v 14 जब हामीहरू सबै जना भुइँमा लड्‍यौं, मैले हिब्रू भाषामा मसँग यसो भनेर बोलिरहेको एउटा आवाज सुनें, 'ए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ? सुइरोमा लात हान्‍नु तिमीलाई कठिन हुन्छ ।'