ne_act_text_ulb/26/09.txt

1 line
1.3 KiB
Plaintext

\v 9 अब वास्तवमा, येशू नासरीको नाउँको विरुद्धमा धेरै कुराहरू गर्नुपर्छ भन्‍ने म आफैंले पनि विचार गरें । \v 10 मैले यरूशलेममा यी कामहरू गरें । मैले मुख्य पूजाहारीहरूबाट अधिकार पाएर परमेश्‍वरका सन्तहरूमध्ये धेरैलाई झ्यालखानामा थुनें; र जब तिनीहरू मारिए, मैले तिनीहरूका विरुद्धमा मेरो मत जाहेर गरें । \v 11 मैले तिनीहरूलाई सबै सभाघरहरूमा बारम्बार सजाय दिएँ र मैले तिनीहरूलाई ईश्‍वरको निन्दा गर्ने बनाउन कोसिस गरें । म तिनीहरूसित अति नै रिसाएको थिएँ र तिनीहरूलाई विदेशका सहरहरूमा पनि खेदो गरें ।