ne_act_text_ulb/25/23.txt

1 line
1.0 KiB
Plaintext

\v 23 यसरी अर्को दिन अग्रिप्पा र बर्निकी भव्य समारोहसँग आए; तिनीहरू सैनिक अधिकारीहरू र सहरका विशिष्‍ट व्यक्तिहरूसँग भवनभित्र आए । फेस्तसले आदेश दिएपछि पावललाई तिनीहरूकहाँ ल्याइयो । \v 24 फेस्तसले भने, “राजा अग्रिप्पा, र यहाँ हामीसँग हुनुभएका सबै मानिसहरू, तपाईंहरूले यो मानिसलाई देख्‍नुहुन्छ; यरूशलेममा र यहाँ पनि यहूदीहरूका सारा भीडले मसँग छलफल गरे, र ऊ जीवित रहनुहुँदैन भनी तिनीहरू मसँग कराए ।