ne_act_text_ulb/25/17.txt

1 line
1.3 KiB
Plaintext

\v 17 यसकारण जब तिनीहरू सँगै यहाँ आए, मैले पर्खिनँ, तर अर्को दिन म न्याय आसनमा बसें र त्यो मानिसलाई भित्र ल्याउने आदेश दिएँ । \v 18 जब आरोप लगाउनेहरू उठे र उसलाई आरोप लगाए, तिनीहरूले उसको विरुद्ध लगाएको कुनै पनि आरोपहरू मलाई गम्भीर लागेन । \v 19 यसको सट्टामा, तिनीहरूको आफ्नै धर्म सम्बन्धी र पावलले जीवित छन् भनी दावी गरेका कोही मरेको येशूको बारे तिनीहरूको विवाद थियो । \v 20 म यो कुरामा कसरी अनुसन्धान गर्ने भनी अन्योलमा परें, र त्यसैले यी आरोपहरूको बारेमा इन्साफ गरिनको निम्ति ऊ यरूशलेम इच्छुक छ कि भनी मैले उसलाई सोधें ।