ne_act_text_ulb/24/14.txt

1 line
1.1 KiB
Plaintext

\v 14 तर तपाईंसामु म यो स्वीकार गर्छु कि तिनीहरूले पन्थ भन्‍ने गरेको मार्गअनुसार नै म मेरा पुर्खाहरूका परमेश्‍वरको सेवा गर्छु । व्यवस्थामा भएका सबै कुराप्रति र अगमवक्‍ताहरूले लेखेका पुस्तकहरूप्रति म विश्‍वासयोग्य छु । \v 15 यी मानिसहरूको आशा परमेश्‍वरमा भएजस्तै ममा पनि त्यस्तै छ, कि दुवै धर्मी र अधर्मीहरूको पुनरुत्थानको हुनेछ। \v 16 त्यसैले परमेश्‍वर र मानिसहरूको सामु शुद्ध विवेक राख्‍न म सधैं प्रयत्‍न गर्छु ।