ne_act_text_ulb/24/10.txt

1 line
1.3 KiB
Plaintext

\v 10 तर जब हाकिमले पावललाई बोल्नका लागि इशारा गरे, पावलले जवाफ दिए, “म बुझ्छु कि तपाईं यस जातिको निम्ति धेरै वर्षदेखि न्यायकर्ता हुनुभएको छ, र यसैले म आफैंलाई तपाईंको सामु खुसीसाथ बयान गर्छु । \v 11 तपाईंले थाहा पाउनु हुनेछ कि म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्दा बढी भएको छैन । \v 12 जब तिनीहरूले मलाई मन्दिरमा भेट्टाए, मैले कसैसँग विवाद गरिनँ, र मैले सभाघरहरू वा सहरहरूमा भीडलाई उक्साइनँ । \v 13 तिनीहरूले अहिले मेरो विरुद्धमा जुन दोष लगाइरहेका छन् त्यो तिनीहरूले तपाईंको अगाडि प्रमाणित गर्न सक्दैनन् ।