ne_act_text_ulb/24/04.txt

1 line
1.1 KiB
Plaintext

\v 4 त्यसैले म तपाईंलाई अल्झाउँदिनँ, दया गरी मेरो कुरा छोटकरीमा सुनिदिनलाई आग्रह गर्छु । \v 5 किनकि हामीले यस मानिसलाई दु:ख दिने र संसारभरिका सारा यहूदीहरूलाई विद्रोह गर्न लगाउने व्यक्तिको रूपमा पाएका छौं । ऊ नाजरी सम्प्रदायको एउटा अगुवा हो । \v 6 उसले मन्दिरलाई अशुद्ध पार्न पनि प्रयास गर्‍यो, त्यसैले हामीले उसलाई पक्रियौं । \f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा \fqa हामीले यसलाई हाम्रो व्यवस्था अनुसार न्याय गर्ने इच्छा गर्‍यौं \fqa* थपिएको छ । \f*