ne_act_text_ulb/23/28.txt

1 line
1.4 KiB
Plaintext

\v 28 तिनीहरूले यी मानिसलाई किन दोष लगाए भनी मैले जान्‍न चाहे, त्यसैलेे मैले यिनलाई तिनीहरूको परिषद्‌मा ल्याएँ । \v 29 मैले थाहा पाएँ कि तिनीहरूको आफ्नै व्यवस्थाको विरुद्धमा यिनलाई दोष लगाइएको रहेछ, तर मृत्युदण्ड दिनुपर्ने वा झ्यालखानामा हाल्नुपर्ने त्यस्तो दोष मैले यिनको विरुद्धमा देखिनँ । \v 30 तब मलाई यो जानकारी गराइयो कि त्यहाँ यी मानिसको विरुद्ध षड्‌यन्‍‍त्र गरिएको थियो, त्यसैले मैले तुरुन्तै यिनलाई तपाईंकहाँ पठाए, र यिनलाई दोष लगाउनेहरूलाई पनि यिनको विरुद्धमा जे-जे छ तपाईंकै उपस्थितिमा राख्‍नू भनी निर्देशन दिएको छु । बिदा !”