ne_act_text_ulb/23/22.txt

2 lines
1.1 KiB
Plaintext

\v 22 त्यसैले मुख्य कप्‍तानले त्यो जवान मानिसलाई यस्तो निर्देशन दिएर जान दिए, “तिमीले मलाई यी कुराहरू
भनेका छौ भनी अरू कसैलाई नभन्‍नू ।” \v 23 त्यसपछि तिनले दुई जना कप्‍तानलाई बोलाए र भने, “कैसरियासम्म जानको लागि दुई सय जना सिपाही, साथै सत्तरी जना घोडचढी र दुई सय जना भालाधारी सिपाही तयार पार । तिमीहरू रातको तेस्रो घडीमा हिंड्नुपर्नेछ ।” \v 24 उनले पावलले चढ्न सक्‍ने जनावरहरू उपलब्ध गराउन र तिनलाई शासक फेलिक्सकहाँ सुरक्षित पुर्‍याउन पनि आज्ञा गरे ।