ne_act_text_ulb/23/06.txt

1 line
1.1 KiB
Plaintext

\v 6 जब पावलले परिषद्को एक भाग सदूकीहरू र अर्को भाग फरिसीहरू रहेछन् भनी देखे, तब तिनले परिषद्‍मा ठुलो सोरले भने, “भाइहरू हो, म फरिसीको छोरा एक फरिसी हुँ । मृतकहरूको पुनरुत्थानमा द‍ृढ आशा भएकै कारणले मेरो न्याय गरिंदैछ ।” \v 7 तिनले यो भनेपछि सदूकी र फरिसीहरूका बीचमा वादविवाद सुरु भयो, र भीड विभाजित भयो । \v 8 किनकि सदूकीहरूले पुनरुत्थान हुँदैन, स्वर्गदूतहरू छैनन्, र आत्माहरू छैनन् भन्छन्, तर फरिसीहरूले यी सबै कुराहरू मान्छन् ।