ne_act_text_ulb/22/27.txt

1 line
1.0 KiB
Plaintext

\v 27 मुख्य कप्‍तान आए र तिनलाई भने, “मलाई भन, के तिमी रोमी नागरिक हौ?” पावलले भने, “हुँ ।” \v 28 मुख्य कप्‍तानले जवाफ दिए, “मैले धेरै ठुलो धनराशी खर्च गरेर मात्र नागरिकता पाएँ ।” तर पावलले भने, “म त रोमी नागरिक भएरै जन्मेको हुँ ।” \v 29 त्यसपछि पावललाई सोधपुछ गर्न गइरहेका मानिसहरूले तुरुन्तै तिनलाई छोडेर गए । पावल रोमी नागरिक रहेछन् भनी थाहा पाएपछि मुख्य कप्‍तान पनि डराए, किनभने उनले तिनलाई बाँधेका थिए ।