ne_act_text_ulb/22/14.txt

1 line
1.0 KiB
Plaintext

\v 14 तब तिनले भने, ʻहाम्रा पितापुर्खाहरूका परमेश्‍वरले उहाँको इच्छा जान्‍नको लागि, धार्मिक जनलाई देख्‍न, र उहाँको आफ्नै मुखबाट निस्केको आवाजलाई सुन्‍न तपाईंलाई छान्‍नुभएको छ । \v 15 किनकि तपाईंले देखेका र सुनेका कुराहरूको बारेमा तपाईं सबै मानिसहरूका सामु उहाँको लागि गवाही बन्‍नुहुनेछ । \v 16 अब तपाईं किन पर्खिंदै हुनुहुन्छ? उठ्नुहोस्, बप्‍तिस्मा लिनुहोस्, र उहाँको नाउँ पुकारेर आफ्ना पापहरू पखाल्नुहोस् ।