ne_act_text_ulb/22/03.txt

1 line
1.4 KiB
Plaintext

\v 3 “म किलिकियाको टार्ससमा जन्मेको एक यहूदी हुँ, तर यही सहरमा गमलिएलको चरणमा शिक्षा पाएको व्यक्ति हुँ । मलाई हाम्रा पुर्खाहरूको व्यवस्थाको कडा नियमहरूअनुसार शिक्षा दिइएको थियो । आज तपाईंहरूजस्तै म पनि परमेश्‍वरको निम्ति जोसिलो छु । \v 4 मैले स्‍‍त्रीहरू र पुरुषहरू दुवैलाई बाँध्दै र तिनीहरूलाई झ्यालखानामा सुम्पदै, यस मार्गलाई मृत्युसम्मै सताएँ, \v 5 जुन प्रधान पूजाहारी र सबै धर्म-गुरुहरूले गवाही दिन सक्छन् । मैले दमस्कसका भाइहरूका लागि उहाँहरूबाट पत्र प्राप्त गरे, र तिनीहरूलाई दण्ड दिनको लागि यरूशलेममा बाँधेर ल्याउन म त्यहाँ गएँ ।