ne_act_text_ulb/21/32.txt

1 line
782 B
Plaintext

\v 32 तुरुन्तै सिपाहीहरू र कप्‍तानहरू लिएर तिनी त्यस भीडतिर दौडे । जब मानिसहरूले प्रमुख कप्‍तान र सिपाहीहरूलाई देखे, तिनीहरूले पावललाई कुट्न छोडे । \v 33 त्यसपछि प्रमुख कप्‍तान नजिक गए र पावललाई समाते, र तिनलाई दुईवटा सिक्रीले बाँध्‍न आदेश दिए । त्यसपछि तिनले तिनी को थिए, र तिनले के गरेका थिए भनी सोधे ।