ne_act_text_ulb/21/22.txt

1 line
1.2 KiB
Plaintext

\v 22 हामीले के गर्नुपर्छ? अवश्‍य, तिनीहरूले तपाईं आउनुभएको छ भन्‍ने सुन्‍नेछन् । \v 23 त्यसैले हामीले जे भन्छौं तपाईंले त्यही गर्नुहोस् । हामीसँग भाकल गरेका चार जना मानिस छन् । \v 24 यी मानिसहरूलाई लैजानुहोस् र तिनीहरूसँगै आफैंलाई शुद्धिकरण गर्नुहोस्, र तिनीहरूको खर्च तिरिदिनुहोस् ताकि तिनीहरूले आफ्नो कपाल खौरिऊन् । यसरी तपाईंको बारेमा भनिएका कुराहरू झूटा हुन् भनी सबैले थाहा पाउनेछन् । तपाईंले पनि व्यवस्था पालना गर्नुहुन्छ भनी तिनीहरूले जान्‍नेछन् ।