ne_act_text_ulb/20/28.txt

1 line
1.5 KiB
Plaintext

\v 28 त्यसकारण तपाईंहरू आफ्नै निम्ति र सारा बगालको बारेमा होसियार हुनुहोस्, जुन बगालका लागि पवित्र आत्माले तपाईंहरूलाई रेखदेख गर्ने तुल्याउनुभयो । परमेश्‍वरको मण्डलीको हेरचाह गर्न होसियार हुनुहोस् जसलाई उहाँले आफ्नै रगतले किन्‍नुभयो । \f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा \fqa उहाँले आफ्नै रगतले \fqa* को सट्टा \fqa उहाँको आफ्नै छोराको रगतले \fqa* छ \f* \v 29 मलाई थाहा छ कि म यहाँबाट गएपछि, खतरनाक ब्वाँसाहरू तपाईंहरूका बीचमा प्रवेश गर्नेछन् र बगाललाई बाँकी राख्‍ने छैनन् । \v 30 मलाई थाहा छ कि तपाईंहरूमध्येबाटै केही मानिसहरू आउनेछन् र चेलाहरूलाई आफ्नोपछि तान्‍नका लागि सत्यलाई भ्रष्‍ट पार्नेछन् ।