ne_act_text_ulb/20/17.txt

1 line
1.8 KiB
Plaintext

\v 17 मिलेटसबाट तिनले एफिससमा मानिसहरूलाई पठाए अनि मण्डलीका धर्म-गुरुहरूलाई आफूकहाँ बोलाए । \v 18 तिनीहरू तिनीकहाँ आएपछि, तिनले तिनीहरूलाई भने, “तपाईंहरू आफैं जान्‍नुहुन्छ कि एसियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले सधैं तपाईंहरूसँग आफ्नो समय कसरी बिताएँ । \v 19 यहूदीहरूका षड्‍यन्‍‍त्रहरूको कारण ममा आईपरेका कष्‍टहरूमा, र आँशुसहित मनको सारा नम्रतामा, मैले प्रभुको सेवा गरिरहें । \v 20 कुनै पनि भलाइको कुरा तपाईंहरूको बीचमा घोषणा गर्नदेखि मैले आफैंलाई रोकिनँ, अनि सार्वजनिक रूपमा र घर-घरमा गएर मैले तपाईंहरूलाई शिक्षा दिएँ, \v 21 र यहूदी र ग्रीकहरू दुवैलाई परमेश्‍वरतिर फर्कन पश्‍चात्ताप गर्नुपर्ने र हाम्रा प्रभु येशूमा विश्‍वास गर्नुपर्ने कुराको बारेमा चेताउनी दिइरहेको तपाईंहरूलाई थाहै छ ।