ne_act_text_ulb/20/15.txt

1 line
847 B
Plaintext

\v 15 त्यसपछि हामी त्यहाँबाट जाहजमा यात्रा गरेर अर्को दिन खियोस टापुको सामुन्‍ने आइपुग्यौं । भोलिपल्ट सामोस टापुमा पुग्यौं अनि अर्को दिन हामी मिलेटस सहरमा आयौं । \v 16 किनकि सम्भव भएसम्म पावल पेन्तिकोसको दिनमा यरूशलेममा पुग्‍नलाई हतार गरिरहेका थिए, त्यसैले तिनले एसियामा कुनै समय नबिताउन एफिसस भएर यात्रा गर्ने निर्णय गरे ।